स्वास्थ्य परीक्षण र सचेतना गोष्ठी सम्पन्न

विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान दैलेख शाखाले दैलेख सदरमुकाममा स्वास्थ्य परीक्षण र सचेतना गोष्ठी सम्पन्न गरेको छ । त्रिभुवन मावि दैलेखमा आइतबार गरिएको सचेतना गोष्ठीमा मुटुरोग लाग्ने कारण र बचाउका उपाय विषयमा स्टाफ नर्स चन्दा शाहीले प्रकाश पारेकी थिइन् ।

सदरमुकामको देवकोटा चोकमा दिवसकै अवसरमा गरिएको स्वास्थ्य परीक्षण शिविरमा दुई सय भन्दा बढी सर्वसाधारणको निशुल्क स्वास्थ्य परीक्षण गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान दैलेख शाखाका अध्यक्ष कृष्णकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार